काठमाडौं । पहिलो टी-ट्वान्टीमा घरेलु टोली जिम्बावेले बंगलादेशलाई पराजित गरेको छ ।
हरारेमा शनिबार भएको खेलमा जिम्बावेले बंगलादेशलाई १८ रनले पराजित भएको हो ।
यससँगै घरेलु टोलीले ३ खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको छ ।
घरेलु टोलीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो ।
उसका लागि कप्तान नुरउल हसनले ४२ रन बनाए । नजमल हसन सान्तोले ३७ तथा लिन्टन दासले ३२ रन बनाए ।
घरेलु टोलीका लुक जोन्ग्वेले २ तथा रिचार्ड नगर्भा,विलिङ्टन मासाकाट्जा तथा सिकन्दर राजाले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।
उसका लागि उस्ले माधिभेरी तथा सिकन्दर राजाले अर्धशतक बनाए । माधिभेरीले ६७ रन तथा राजा ६५ रनमा अविजित रहे । सेन विलियम्सले ३३ तथा कप्तान क्रेग ईभिन्सले २१ रन बनाए ।
पाहुना टोलीका लागि मुस्ताफिजुर रहमानले २ तथा मोसाडिक हुसाइनले १ विकेट लिए ।
दुई टोलीबीचको दोस्रो टी-ट्वान्टी आइतबार हुनेछ ।