काठमाडौं । नेपलिज क्यानडियन क्रिकेट क्लबले पाँचौं संस्करणको एनसीसीसी कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
आयोजकले आगामी अगस्ट १३ र १४ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा प्रतियोगिता आयोजना हुने जनाएको छ । त्यसका लागि टिम रजिष्ट्रेसन र खेलाडी दर्ता खुल्ला गरेको जानकारी नेपलिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले जानकारी दिए।
नेपलिज क्यानडियन क्रिकेट क्लबलका सचिव विनय यादवले यस प्रतियोगिता गर्न उत्साहित रहेको र प्रतियोगितालाई पनि सफल पार्न तयार रहेको बताए ।
विजेता टिमले दुई हजार क्यानडियन डलर र उपविजेताले एक हजार क्यानडियन डलर पुरस्कार पाउने छन् ।
प्रतियोगिताको ड्राफ्ट जुलाई ३१ मा हुनेछ ।
चौथो संस्करणको उपाधि ब्रेक एन्ड प्लेले जितेको थियो।