काठमाडौं । भारतका कप्तान रोहित शर्मा टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।
न्युजिल्याण्डका क्रिकेटर मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा शीर्ष स्थानमा उक्लिएका हुन् । गुप्टिल केही दिन अघि मात्र शीर्ष स्थानमा उक्लिएका थिए ।
शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा उक्त कीर्तिमान बनाएका हुन् ।
शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन् । गुप्टिल ३ हजार ३ सय ९९ रनका साथ दोस्रो स्थानमा रहेकाछन् ।
विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन् ।
रोहितले कीर्तिमान बनाएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले पराजित गरेको छ।