काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्दिजलाई ६८ रनले हराएको हो ।
भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन जोड्दा केमो पाउलले अविजित १९ रन बनाए ।
निकोलस पुरण १८ रनमा आउट हुँदा केली मेयर्सले १५ रन बनाए ।
भारतका रविचन्द्र आश्विन, रबि बिश्नोई र अर्शदिप सिंहले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।

भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा दिनेश कार्तिकले अविजित ४१ रन बनाए ।
सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ तथा ऋषव पन्तले १४ रन बनाए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेपले २ विकेट लिए ।

यस जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।