काठमाडौं । न्युजिल्याण्डले स्कटल्याण्डविरुद्धको दुई खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
शुक्रबार राति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्याण्डलाई १ सय २ रनले हराउँदै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो ।
न्युजिल्याण्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।
स्कटल्याण्डका लागि क्रिस ग्रिभ्सले ३७ रन जोड्दा रिची बेरिङटनले २२ रन बनाए । जर्ज मुन्से १९ रनमा आउट हुँदा माइकल लिस्कले १४ रन बनाए ।
न्युजिल्याण्डका जेम्स निशम र मिचेल रिपोनले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो ।
न्युजिल्याण्डका मार्क चाम्पमानले ८३ रनको अर्धशतकीय इनिङ खेल्दा मिचेल ब्रेसवेलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ खेले ।
ड्रयाल मिचेलले ३१ तथा डान क्लिभर र जेम्स निशमले २८/२८ रन बनाए ।
स्कटल्याण्डका गाभिन मेनले २ विकेट लिए ।