काठमाडौं । वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि भारतले सन्जु सामसनलाई टिममा डाकेको छ ।
चोटको कारण केएल राहुल टिमबाट बाहिरिएपछि सन्जुलाई टोलीमा डाकिएको हो ।
पछिल्लो पटक राहुललाई कोभिड-१९ को संक्रमण समेत देखिएको थियो ।
भारतले वेस्ट इन्डिजसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
पहिलो टी-ट्वान्टी आज हुँदैछ ।