काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट 'द सिक्स्टी' क्रिकेट प्रतियोगिता खेल्दै छन् ।
वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने यस प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी अघि आयोजना हुनेछ ।
प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म संचालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ३ टोलीको सहभागिता रहने छ । पुरुषतर्फ सीपीएलकै ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
यस प्रतियोगिता ६० बलको हुनेछ ।
सिक्स्टी क्रिकेट केही नियमहरु यसप्रकारका रहेका छन् -
१ - ६० बलको एक इनिङ रहने यस प्रतियोगितामा सुरुको ३० बल पिचको एक ईन्डबाट गर्नुपर्नेछ । बाँकी ३० बल अर्को ईन्डबाट गर्नु पर्ने हुन्छ ।
२- ४५ मिनेट भित्र एक इनिङ सकाउनु पर्नेछ । ४५ मिनेटमा एक इनिङ नसकिएमा अन्तिम ओभरमा फिल्डर गुमाउनु पर्नेछ ।
३- ब्याटिङ टिम ६ विकेट गुमाएपछि अलआउट हुनेछ ।
४- एक बलरले २ ओभर मात्र बलिङ गर्न पाउने छ ।