काठमाडौं । चितवन जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी-ट्वान्टी लिगलाई स्वागत गरेको छ ।
संघले एक प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताले यस खेल क्षेत्रमा रहेको पलायनलाई केही हदसम्म रोक्ने विश्वास समेत लिएको छ ।
'नेपाल टी-ट्वान्टी लिगका लागि यस संघले लामो समयबाट आवाज उठाउदै आएको थियो,' संघले विज्ञप्तीमा भनेको छ, 'नेपाली क्रिकेटको विकासमा थप एक कदमका रुपमा सुरु हुन लागेको यस प्रतियोगिता क्रिकेट विकासमा केन्दीत हुने विश्वास रहेको छ ।'
पहिलो संस्करणको लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै संघले क्यानले नेपाली क्रिकेट विकासमा चाल्ने हर कदममा साथ दिने विज्ञप्तीमा जनाएको छ ।
