काठमाडौं । दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टीमा जित निकालेको छ ।
कार्डिफमा बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको हो ।
यस जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १-१ को बराबरी बनाएको छ ।
दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६ ओभर ४ बलमा १ सय ४९ रनमा अलआउट भयो ।
इंग्ल्यान्डका लागि जोनी बेयस्ट्रोले ३० रन बनाए । कप्तान जोस बटलरले २९ तथा माईन अलिले २८ रन बनाए ।
भ्रमणकारी टोलीका लागि ताब्रेज साम्सी र एन्डीलेले समान ३/३ विकेट लिए । लुङ्गी एनजिडीले २ तथा कागिसो राबडा र केशब महाराजले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।
उसका राईली रुसो तथा रिजा हेन्ड्रिक्सले अर्धशतकीय इनिङ खेले । रुसोले अविजित रुपमा ९६ तथा हेन्ड्रिक्सले ५३ रन बनाए । हेन्रिच क्लासेनले १९ रन बनाए । क्विटन डि कक र ट्रिस्टान स्टुब्सले समान १५/१५ रन बनाए ।
घरेलु टोलीका लागि रिचार्ड ग्लिसन,मोईन अलि र क्रिस जोर्डनले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।