काठमाडौं । गण्डकी क्रिकेट प्रादेशिक संघले नेपाल टी-ट्वान्टी लिगको घोषणाले खेल जगतलाई उत्साहित बनाएको जनाएको छ।
संघले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै नेपाल टी-ट्वान्टी लिगको घोषणाले संघ र खेलाडीहरु उत्साहित भएको र यसले क्रिकेटमा व्यवसायिकता ल्याउने जनाएको छ।
'नेपाल टी-ट्वान्टी लिग नेपाल नेपाल क्रिकेट संघको मात्र नभई गण्डकी क्रिकेट संघको पनि साझा सपना हो,' संघले विज्ञप्तीमा भनेको छ, 'यस लिगले नेपाली क्रिकेटलाई व्यवसायिकता प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्नेमा हामी विश्वस्त छौ ।'
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै संघले कार्यसमितिकै असन्तुष्ट केहि पदाधिकारीहरुद्धारा राष्ट्रिय खेलकुद परिषदमा लिग रोक्नका लागि आवेदन दिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
