काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो ।
एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।
नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।
पाकिस्तान चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।
टी-ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ ।