काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले पहिलो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकालाई हराएको छ ।
ब्रिस्टोलमा बुधबार राति इंग्ल्यान्डले पाहुना टोलीलाई ४१ रनले हराएको हो ।
यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
इंग्ल्यान्डले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका ट्रिस्टान स्टुब्सले ७२ रनको अर्धशतकीय इनिङ खेले । रिजा हेन्ड्रिक्सले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा एन्डिलले २२ र हेन्रिच क्लासेनले २० रन जोडे ।
इंग्ल्यान्डका रिचार्ड ग्लिसनले ३ तथा रिस टोप्ले र आदील राशिदले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३४ रन जोडेको थियो ।
इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९० रनको अर्धशतकीय इनिङ खेल्दा मोइन अलीले ५२ रनको अर्धशतकीय इनिङ खेले ।
डेभिड मलानले ४३ तथा कप्तान जोस बट्लरले २२ रन बनाए ।
दक्षिण अफ्रीकाका लुंगी एनजिडीले ५ विकेट लिए ।