काठमाडौं । एसीसी एसिया कप क्रिकेट २०२२ युएईमा आयोजना हुने भएको छ ।
श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।
श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप श्रीलंकामै गर्ने योजनामा रहेको थियो।
तर, एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप युएईमा गर्ने निर्णय गरेको हो ।
टी-ट्वान्टी फर्म्याटमा आयोजना हुने एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।
एसिया कपमा एसियाको टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन् ।
भारत पछिल्लो एसिया कप २०१८ को च्याम्पियन हो ।