काठमाडौं । न्युजिल्याण्डका क्रिकेटर मार्टिन गुप्टिल टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।
भारतीय कप्तान रोहित शर्मालाई पछाडी पार्दै गुप्टिल शीर्ष स्थानमा उक्लिएका हुन् । गुप्टिलले अहिले स्कटल्याण्डविरुद्धको जारी खेलमा उक्त कीर्तिमान बनाएका हुन् ।
गुप्टिलले १ सय १२ इनिङमा ३ हजार ३ सय ९९ रन बनाएका छन् । शर्मा ३ हजार ३ सय ७९ रनका साथ दोस्रो स्थानमा छन् । विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन् ।
गुप्टिलले कीर्तिमान बनाएको खेलमा न्युजिल्याण्डले स्कटल्याण्डलाई २ सय २६ रनको लक्ष्य दिएको छ ।
