काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान आसिफ शेखको एकदिवसीयको ब्याटिङ वरीयता सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा आसिफको वरीयता दुई स्थान सुधार भएको हो ।
विकेटकिपर ब्याट्सम्यान आसिफ नयाँ वरियताको ९८ औं स्थान उक्लिएका छन् ।
यस अघि उनी १०० औं स्थानमा रहेका थिए ।
ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८१ औं स्थानमा यथावत रहेका छन् ।
एकदिवसीयको बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३४ औं स्थानमा यथावत रहेका छन् ।
बलिङमै सोमपाल कामी ९० औं र करण केसी ९२ औं स्थानमा झरेका छन् ।
टी-ट्वान्टी वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंहे ऐरी ४१ औं स्थानमा यथावत रहेका छन् । आसिफ शेख पनि ९५ औं स्थानमा यथावत छन् ।
टी-ट्वान्टीको बलिङतर्फ सन्दीप ३९ औं स्थानमा यथावत रहदा अविनास बोहरा ८९ औं स्थानमा यथावत छन् ।
अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत रहेका छन् ।