काठमाडौं । भारतीय क्रिकेट टिमका सदस्य केएल राहुलले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज गुमाउने भएका छन् ।
कोभिड-१९ को कारण राहुलले टी-ट्वान्टी सिरी गुमाउने भएका हुन् । राहुललाई गत साता कोभिड-१९ संक्रमण भएको थियो । उनको आईसोलेसन अबधि बुधबार सकिदै छ ।
तर, बीसीसीआईको मेडिकल टिमले राहुललाई एक हप्ता आराम गर्न भनेको छ । जसको कारण २९ जुलाईबाट सुरु हुने पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज राहुलले गुमाउने पक्का भएको हो ।
हर्नियाको सर्जरी पश्चात राहुल हाल बैंगलोरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा रिह्याभ गरिरहेका थिए ।
अगस्टमा हुने जिम्बाबे भ्रमणबाट राहुलको अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन हुने अनुमान रहेको छ ।