काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तीन राष्ट्रलाई सदस्यता प्रदान गरेको छ ।
इंग्ल्यान्डको बर्मिङ्गम भएको आईसीसीको वार्षिक साधरण सभाबाट तीन राष्ट्रलाई सदस्यता दिने निर्णय गरेको हो ।
आईसीसीको नयाँ सदस्यमा दुई राष्ट्र एसियाका र एक अफ्रिकाको रहेको छ । एसियाबाट कम्बोडिया र उज्वेकिस्तान तथा अफ्रिकाबाट आईभरि कोस्ट रहेको छ ।
तीनै राष्ट्रलाई एसोसियट सदस्यता दिईएको हो । यससँगै आईसीसीसँग अब १०८ सदस्य राष्ट्र भएको छ ।
जसमा १२ पूर्ण सदस्य र ९६ एसोसिएट सदस्य रहेका छन् । यससँगै एसियामा आईसीसी सदस्य राष्ट्रको संख्या २५ तथा अफ्रिकामा २१ पुगेको छ ।