काठमाडौं । नेपाल क्रिकेट प्रशिक्षक संघ(सीक्यान)ले नेपाल टी-ट्वान्टी लिगको घोषणाले संघ उत्साहित भएको जनाएको छ।
संघले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै नेपाल टी-ट्वान्टी लिगको घोषणाले संघ र प्रशिक्षकहरु उत्साहित भएको जनाएको छ।
'नेपाल टीट्वान्टी लिग नेपाल नेपाल क्रिकेट संघको मात्र नभइ क्रिकेटसँग सरोकार राख्ने सबैको साझा सपना हो,' संघले विज्ञप्तीमा भनेको छ, 'यस लिगले नेपाललाई विश्व जगतमा एउटा क्रिकेट खेल्ने विकसित राष्ट्रको श्रेणीमा स्थापित गर्नेमा हामी विश्वस्त छौ ।'
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै संघले कार्यसमितिकै असन्तुष्ट केहि पदाधिकारीहरुद्धारा राष्ट्रिय खेलकुद परिषदमा लिग रोक्नका लागि आवेदन दिएकोमा घोर निन्दा व्यक्त गरेको छ ।
