काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट अवार्ड प्राप्त गरेका छन् ।
अध्यक्ष चन्दले आईसीसीबाट 'आईसीसी लङ सर्भिस अवार्ड' प्राप्त गरेको क्यानले जनाएको छ ।
क्रिकेटको विकास र विकासमा उनको असाधारण समर्पण र प्रतिबद्धताको कारण आईसीसीले चन्दलाई उक्त अवार्ड प्रदान गरेको क्यानले जनाएको छ ।
इंग्ल्यान्डको बर्मिङ्गम भएको आईसीसीको वार्षिक साधरण सभा दौरान चन्दलाई अवार्ड प्रदान गरिएको थियो ।
आईसीसीको साधारणसभामा सहभागी हुन अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल इंग्ल्यान्ड गएका थिए ।