काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगरको आईसीसी महिला टी-ट्वान्टी वरीयतामा सुधार भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिना र सीताको ब्याटिङ वरीयता सुधार भएको छ ।
ब्याटिङ वरीयतामा एक स्थान सुधार गर्दै सीता ६४ औं स्थानमा उक्लिएकी छिन् ।
एक स्थान सुधार गरेकी रुबिना ८४ औं स्थानमा उक्लिएकी छिन् ।
ब्याटिङतर्फ नेपालकी ज्योति पाण्डे १०० औं स्थानमा झरेकी छिन् ।
यस्तै बलिङतर्फ नेपालकी कविता कुँवर ७४ औं स्थानमा यथावत रहेकी छिन् ।
बलिङमा सीता ८० औं स्थानमा यथावत रहदा रुबिना ८१ औं स्थानमा यथावत रहेकी छिन् ।
आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ।