काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्दै छन्।
दशौँ संस्करणको सीपीएलका लागि सन्दीप जमैका तालाबाजमा अनुबन्ध भएका छन् ।
दशौँ संस्करणको सीपीएल आगामी भदौ १६ बाट असोज १४ गतेसम्म आयोजना हुनेछ ।
यस प्रतियोगितामा जमैका तालाबाज,सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स,ट्रिन्बागो नाईटराईडर्स,गुयना अमेजन वारियर्स,सेन्ट लुसिया किंग्स तथा बारबाडोस रोयल्स गरि ६ टोलीको सहभागीता रहने छ ।
जमैकाको खेल तालिका नेपाली समय अनुसार -
यस संस्करणको उद्घाटन खेल नै जमैकाको रहेको छ।
जमैकाले भदौ १६ मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँग बिहान ४:४५ बजे प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो खेल भदौ १८ गते गुयना अमेजन वारियर्ससँग बेलुका ७:४५ मा खेल रहेको छ ।
तेस्रो खेल भदौ २३ गते सेन्ट लुसिया किंग्ससँग बिहान ४:४५ मा रहेको छ ।
चौथो खेल २५ गते ट्रिन्बागो नाईटराईडर्ससँग बेलुका ७:४५ मा रहेको छ ।
पाँचौ खेल बारबाडोस रोयल्ससँग भदौ २६ गते बेलुका ७:४५ मा रहेको छ ।
छैटौं खेल भदौ २९ मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबिच बेलुका ७:४५ मा रहेको छ ।
सातौं खेल भदौ ३० गते बारबाडोस रोयल्सविरुद्ध बेलुका ७:४५ मा रहेको छ ।
आठौं खेल असोज १ गते ट्रिन्बागो नाईटराईडर्सविरुद्ध बिहान ५:४५ मा रहेको छ ।
नवौं खेल असोज ६ गते बिहान ४:४५ मा गुयना अमेजन वारियर्सविरुद्ध रहेको छ ।
समूह चरणको अन्तिम तथा दशौं खेलमा जमैकाले सेन्ट लुसिया किंग्सविरुद्ध खेल्ने छ ।
अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।