काठमाडौं । फ्रान्सका ओपनर गुस्टिभ म्याककिओनले कम उमेरमा टी-ट्वान्टी अन्तराष्ट्रियमा शतक प्रहारको कीर्तिमान बनाएका छन् ।
१८ वर्ष २८० दिनमा फ्रान्सेली ओपनरले कीर्तिमान बनाएका हुन् । फिनल्याण्डमा जारी रहेको आईसीसी टी-ट्वान्टी विश्वकप २०२४ को युरोप क्षेत्रीय छनोटमा उनले कीर्तिमान बनाएका हुन् ।
उनले स्विजरल्याण्डविरुद्धको खेलमा कीर्तिमान बनाएका हुन् ।
९ छक्का र ५ चौकाको मद्दतमा गुस्टिनले ६१ बलमा १०९ रन बनाएका थिए ।
यस अघि यस कीर्तिमान अफगानस्तानका ओपनर हजरतुल्लाह जाजाईको नाममा रहेको थियो ।
सन् २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा उनले अविजित १६२ बनाएका थिए ।
त्यस समयमा हजरतुल्लाह २० वर्ष ३३७ दिनका थिए।
यस सूचीमा नेपालका दीपेन्द्र सिंह ऐरी पाचौँ स्थानमा छन् ।
ऐरीले गत अप्रिलमा मलेसियाविरुद्ध २२ वर्ष ६८ दिनको रहँदा शतक प्रहार गरेका थिए ।