काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले आफ्नो आधिकारीक लोगो सार्वजनिक गरेको छ ।
राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनीले लोगो सार्वजनिक गरेको हो।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुन लागेको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनीले पनि सहभागीता जनाउदै छ।
लिगमा लुम्बिनीसहित ६ टोलीले सहभागीता जनाउदै छन् । लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ।
आफ्नो लोगो सार्वजनिक गर्ने लुम्बिनी पहिलो टोली रहेको छ ।
कार्यक्रममा बोल्दै टोलीका प्रमुख सन्जय शर्माले यस लिगमा सहभागी हुन पाउदा खुसी लागेको बताए ।
'नेपाली क्रिकेटको दायरा फराकिलो बन्दै गएको छ । त्यसैले हाम्रो लगानी आएको हो । सुरुवातका केही वर्ष कठिन रहने भएपनि भविष्यलाई हेरेर लगानी गरेका छौं,' उनले भने ।
२० वर्ष यता आफु अमेरिकामा रहे पनि नेपालप्रतिको मायामा कमी नभएको समेत उनले बताए ।