काठमाडौं । भारतले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिज एक खेल अगाबै जितेको छ ।
क्विन्स पार्क ओभलमा आइतबार राति भएको दोस्रो एकदिवसीयमा २ विकेटको जित निकाल्दै भारतले ३ खेलको सिरिज एक खेल बाँकी हुँदै २-० ले जितेको हो ।
घरेलु टोलीले दिएको ३ सय १२ रनको लक्ष्य भारतले २ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्यो ।
भारतका अक्षर पटेल,श्रेयस ऐयर तथा सन्जु सामसनले अर्धशतकीय इनिङ खेले ।

पटेलले अविजित ६४,ऐयरले ६३ तथा सामसनले ४५ रन बनाए ।
शुभमन गिल र दिपक होडाले ४३ र ३३ रन बनाए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेप र केली मेयर्सले समान २/२ विकेट लिए ।
अकिल होसेन, रोमारियो शेफर्ड तथा जायदेन सील्सले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो ।
घरेलु टोलीका लागि शाई होपले १ सय १५ रनको शतकीय इनिङ खेले । कप्तान निकोलस पुरनले ७४ रनको अर्धशतकीय इनिङ खेले ।

केली मेर्यसले ३९ तथा शामरन ब्रुक्सले ३५ रन बनाए ।
भारतका शार्दुल ठाकुरले ३ विकेट लिए ।
अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।