काठमाडौं । इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय नतिजा विहीन सकिएको छ ।
लिड्समा आइतबार वर्षाको कारण इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको खेल नतिजा विहीन सकिएको हो ।
वर्षाको कारण खेल रोकिदा दक्षिण अफ्रीकाले २७ ओभर ४ बलमा २ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो । त्यसपछि खेल भएन र खेल रद्द भएको थियो ।
यस खेल नतिजा बनेसँगै दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।
