काठमाडौं । नेपलिज क्यानडियन क्रिकेट क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशनायकेलाई क्यानडामा स्वागत गरेको छ ।
क्लबले पुबुदुलाई स्वागत गर्दै क्यानाडा राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएकोमा बधाई समेत दिएको छ ।
नेपालिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठ, सल्लाहकार पूर्ण कडेलसाथै क्यानाडामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तित्वहरुले उनलाई स्वागत गरेका थिए ।
पुबुदुले बुधबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए।
नेपालको मुख्य प्रशिक्षक पद छाडे लगत्तै उनी क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।