काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् ।
पारसले आइतबार सामाजिक संजाल फेसबुकबाट लेजेन्ड्स लिग खेल्न लागेको जानकारी दिएका छन् ।
भारतमा आयोजना हुने प्रतियोगिता आगामी सेप्टेम्बर देखि अक्टोबरसम्म हुनेछ ।
प्रतियोगितामा विश्व भरका पूर्व खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा ४ टोली हुनेछन् । जसमा १ सय १० लेजेन्ड्स खेलाडी हुनेछन् ।
प्रतियोगितामा कुल १५ खेल हुनेछ ।
यस पटक पारससहित ५० खेलाडी पक्का भईसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ ।
पारसले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
नेपालले सन् २०१४ मा पारसको कप्तानीमा पहिलो पटक टी-ट्वान्टी विश्वकप खेलेको थियो ।
