मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफ यू-२० : सुखद सुरुआतको योजनामा नेपाल

आइतबार, ०८ श्रावण २०७९हेम राज हमाल
साफ यू-२० : सुखद सुरुआतको योजनामा नेपाल
Loading ad...
mustang rice ad

भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता भोलि (सोमबार) बाट सुरु हुँदैछ ।

च्याम्पियनसिपमा सहभागिता जनाउन भुवनेश्वर आईपुगेका नेपाली युवा टोली प्रतियोगिताका लागि तयार छन् ।

कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ ।

'यस खेलका लागि हामीले मेहेनत गरेका छौँ । माल्दिभ्सविरुद्धको खेलमा हामीले ३ अंक प्राप्त गर्ने छौँ । हामी गोर्खाली हौँ अन्तिमसम्म फाइट गर्छौं,' माल्दिभ्ससँगको खेल अघि प्रि-म्याच कन्फरेन्समा  नेपाली टोलीका कप्तान आयुष घलानले भने,' हामीलाई गुमाउनु केहि छैन त्यसैले दबाबबिना खेल्छौं ।'

आयुष नेपली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । आयुष सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत हुन् ।

आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताए ।

'हामीले साढे एक महिना तयारी गरेका छौँ । तयारी राम्रो भएको छ तर, साफको उमेर समूहको टिमबारे अनविज्ञ छौँ । तर, साफका लागि हामीले उत्कृष्ट टिम बनाएका छौँ,' प्रशिक्षक केसीले भने ।

माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली टोलीको खेल कस्तो छ भनेर आफुलाई थाहा नभएको जनाए ।

'एउटा प्रशिक्षकको रुपमा त्यस्तो टोलीविरुद्ध खेल्नु कठिन हुन्छ जसको कुनै खेलको बारेमा अहिलेसम्म थाहा छैन । हाम्रो अधिकांश खेलाडीहरु माल्दिभ्सको‌ प्रिमियर लिगमा खेलिरहेका छन् । फिटनेसको हिसाबमा हामी अब्बल छौँ । किनकी खेलाडी लगातार खेलिरहेका छन् । हामिसँग भएको समय र स्रोतको हिसाबले तयारी राम्रो छ । हामी राम्रो गर्न सक्छौँ,' उनले भने ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोली  :

गोलकिपर :  ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख

डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी

Loading ad...
LiNing Ad
सुखद सुरुआतको योजनामा नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक