काठमाडौं । इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान जोनाथन ट्रोट अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
अफगानिस्तान क्रिकेट बोर्डले जोनाथनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
४१ वर्षीय जोनाथनलाई आयरल्याण्डविरुद्धको सिरिजअघि मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
अफगानिस्तानले आगामी अगस्टमा आयरल्याण्डविरुद्ध टी-ट्वान्टी सिरिज खेल्नेछ ।
दुई टोलीबीच पाँच खेलको सिरिज हुनेछ ।
जोनाथनले इंग्ल्यान्डका लागि २००९ देखि २०१५ सम्म ५२ टेस्ट खेलेका थिए ।
यस्तै उनले ६८ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् ।