काठमाडौं । घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा न्युजिल्याण्डले क्लिन स्विप गरेको छ ।
बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा शुक्रबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै न्युजिल्याण्डले सिरिज ३-० ले जितेको हो ।
आयरल्याण्डले दिएको १ सय ७५ रनको लक्ष्य पाहुना टोली न्युजिल्याण्डले ६ बल बाँकी रहदै ४ विकेट गुमाएर पूरा गर्यो ।
पाहुना टोलीका लागि ग्लेन फिलिप्सले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ खेले । ड्रयाल मिचेलले ४८ रन तथा मार्टिन गप्टिलले २५ रन बनाए । जेम्स निशम २३ रनमा अविजित रहे ।
आयरल्याण्डका लागि जोस लिटिलले २ विकेट लिए । क्रेग योङ तथा जर्ज डोक्रेलले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
आयरल्याण्डका पाउल स्ट्रर्लिङले ४० रन बनाए । मार्क एडियरले अविजित ३७ तथा लोर्कान टुकरले २८ रन बनाए ।
न्युजिल्याण्डका ब्लेयर टिकनिर तथा ईस सोधीले समान २/२ विकेट लिए ।