काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ ।
क्विन्स पार्क ओभलमा शुक्रबार राति भारतले वेस्ट इन्डिजलाई ३ रनले हराएको हो ।
भारतले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ५ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका केली मेयर्सले ७५ रनको अर्धशतकीय इनिङ खेल्दा ब्राण्डन किङले ५४ रनको अर्धशतकीय इनिङ खेले ।
ब्रोक्सले ४६ रन जोड्दा रोमारियो शेफार्ड ३९ र अकिल होसेन ३२ रनमा अविजित रहे ।
भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन जोडेको थियो ।
भारतका कप्तान शिखर धवनले ९७ रनको अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका सुबमन गिलले ६४ रनको योगदान दिदा श्रेयस आयरले ५४ रनको इनिङ खेले ।
वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले २/२ विकेट लिए ।
यस जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।
दुई टोलीबीचको दोस्रो खेल आइतबार र अन्तिम खेल बुधबार हुनेछ ।