काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना हुने नयाँ टी-ट्वान्टी क्रिकेट लिगको ६ टिम र टिम मालिकको टुंगो लागेको छ।
ईण्डियन प्रिमियर लिग (आईपीएल) का ६ टिमका लगानीकर्ता नै ६ टोलीका मालिक रहने भएका छन् ।
जस अनुसार चेन्नई सुपर किंग्स,मुम्बई ईण्डियन्स, राजस्थान रोयल्स, लखनउ सुपर जायन्टस्, सनराईजर्स हैदराबाद र दिल्ली क्यापिटल्सका एक मालिकले टिम किनेका हुन् ।
टिमको अक्सनमा चेन्नई सुपर किंग्स लिमिटेडले सबैभन्दा धेरै खर्च गरेको छ । उसले जोहानसबर्गको फ्रेन्चाईजी किनेको छ ।
मुम्बई ईण्डियन्सको मालिक रहेको रिलायन्स ईन्ड्रस्ट्रिले केपटाउन फ्रेन्चाईजी किनेको छ ।
सन टिभि जो आईपीएल टिम सनराईजर्स हैदराबादको मालिक हो । उसले पोर्ट एलिजाबेथको टिम किनेको छ ।
गत वर्ष लखनउ सुपर जायन्टस् टिम किनेको गोयनका समूहले डुर्बनको फ्रेन्चाईजी किनेको छ ।
राजस्थान रोयल्सले पर्ल टिम किनेको छ ।
दिल्ली क्यापिटल्सका सहायक लगानीकर्ता रहेको जिन्डल साउथ बेस्ट स्पोर्टसले प्रिटोरियस टिम खरिद गरेको छ ।
यस लिग २०२३ को जनवरीबाट सुरु हुनेछ ।