काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली जिम्बावे भ्रमणमा भारतीय टोलीमा रहने भएका छन् ।
६ वर्षपछि हुन लागेको जिम्बावे भ्रमणमा कोहली टोलीमा रहने बीसीसीआईका उच्च स्रोतले जनाएको हिन्दुस्तान टाईम्सले जनाएको छ ।
हिन्दुस्तान टाईम्सका अनुसार कोहलीको गुमेको ब्याटिङ लयलाई पहिलाकै अवस्थामा फर्काउन यो आवश्यक रहेको छ ।
जिम्बावे भ्रमणमा भारतले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्नेछ । सिरिज अगस्ट १८ देखि २२ सम्म हुनेछ ।
यस सिरिजमा अन्य सिनियर खेलाडीलाई भने आराम दिने सम्भावना रहेको छ ।
'छनोटकर्तालाई टिम छनोटका लागि धेरै समय नै रहेको छ । अन्य सिनियर खेलाडीलाई विश्राम दिने सम्भावना रहेको छ । तर, विराटलाई भने पुरानै बिस्फोटक लयमा ल्याउन यस सिरिजमा टिममा नै राखिने सम्भावना रहेको छ,' बीसीसीआइका स्रोतले भनेको छ ।
इंग्ल्यान्ड भ्रमणमा कोहलीले टेस्टको २ इनिङमा ३१ रन जोड्दा दुई टी-ट्वान्टीमा १२ तथा दुई एकदिवसीय खेलमा ३३ रन मात्र बनाएका थिए ।
वेस्ट इन्डिज भ्रमणमा भने कोहलीलाई आराम दिईएको छ ।