काठमाडौं । अष्ट्रेलियाको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आगामी महिना हुने भएको छ ।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।
बीबीएलको ड्राफ्ट सुरु हुनु अघि अष्ट्रेलिया र जिम्बावेबीचको एकदिवसीय अन्तराष्ट्रिय खेल हुनेछ ।
बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ।
नेपालका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ४ संस्करणको बीबीएल खेलिसकेका छन् ।
दुई संस्करण मेलवर्न स्टारमा बिताएका सन्दीप दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेका थिए ।
उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए ।