काठमाडौं । न्युजिल्याण्डले घरेलु टोली आयरल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज एक खेल अगाबै जितेको छ।
बेलफास्टमा बुधबार राति आयरल्याण्डलाई ८८ रनले पराजित गर्दै न्युजिल्याण्डले तीन खेलको सिरिज २-० ले जितेको हो ।
न्युजिल्याण्डले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १३ ओभर ५ बलमा अलआउट हुँदै ९१ रनमा समेटियो ।
आयरल्याण्डका मार्क एडीयरले २७ रन जोडे । पाउल स्ट्रर्लिङ २१ तथा कुर्टिस क्याम्पियरले १४ रनमा आउट भए ।
न्युजिल्याण्डका ईस सोधी र मिचेल व्राकवेलले समान ३/३ विकेट लिए । जाकोवी डुफाईले २ तथा लक्कि फर्गुसनले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो ।
न्युजिल्याण्डका ड्यानी क्लेभरले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ खेले ।
फिना एलेनले ३५ रन जोड्दा ग्लेन फिलिप्सले २३ रन बनाए ।
घरेलु टोलीका लागि काग्री योंग र जोस लिटिलले समान २/२ विकेट लिए ।
दुई टोलीको तेस्रो तथा अन्तिम टी-ट्वान्टी शुक्रबार हुनेछ ।