काठमाडौं । पुबुदु दशानायाके क्यानडा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
पुबुदुले आज बुधबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए ।
पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै व्यक्तिगत कारण देखाउदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।
उनी क्यानडा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएको क्यानडा क्रिकेटले फेसबुक मार्फत जनाएको हो ।
दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका थिए ।
क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ । तर, दोस्रो कार्यकालमा उनी सफल भएनन् ।
यस अघि पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
२०११ मा क्यानडाले एकदिवसीय विश्वकपमा सहभागीता जनाउदा उनी नै मुख्य प्रशिक्षक रहेका थिए ।