काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामीको एकदिवसीयतर्फको बलिङ वरीयता सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपालको बलिङ वरीयता एक स्थान सुधार भएको हो ।
नयाँ वरीयतामा सोमपाल ८९ औं स्थान उक्लिएका छन् ।
बलिङतर्फ नै नेपालका कप्तान सन्दीप लामिछाने ३३ औं स्थानमा यथावत रहेका छन् ।
बलिङमै करण केसी पनि ९२ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङ वरीयतामा युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८१ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङमै आसिफ शेख १०० औं स्थानमा रहेका छन् ।
टी-ट्वान्टी वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंहे ऐरी ४१ औं स्थानमा यथावत रहेका छन् । आसिफ शेख ९५ औं स्थानमा उक्लिएका छन् ।
टी-ट्वान्टीको बलिङतर्फ सन्दीप ३८ औं स्थानमा यथावत रहदा अविनास बोहरा ३९ औं स्थानमा यथावत छन् ।
अलराउण्डरतरफ दीपेन्द्रको वरीयता ९ औं स्थानमा यथावत रहेको छ ।