काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएका छन् ।
पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै व्यक्तिगत कारण देखाउदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।
'मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नु पर्छ त्यसैले म यो राजिनामा दिँदा दुखित छु,' राजीनामा घोषणा गर्दै पुबुदुले भने, 'मलाई क्यानले कुनै कारणले ल्याएको थियो । नेपाली क्रिकेट पहिलेको भन्दा धेरै बदलिएको छ । जुन परिवर्तन आवश्यक थियो मैले गरेँ अब युवा टोलीले आगामी दिनमा राम्रो गर्नेछ ।'
नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुले राजीनामा दिएको पुष्टि गरेको छ । क्यानको क्रिकेट म्यानेजर बिनोद दासले पुबुदुले राजीनामा बुझाईसकेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् ।
क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ । तर, दोस्रो कार्यकालमा उनी सफल भएनन् ।
यस अघि पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।