काठमाडौं । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीयमा घरेलु टोली इंग्ल्यान्ड पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकासँग इंग्ल्यान्ड ६२ रनले पराजित भएको हो ।
विश्वकप हिरो बेन स्टोक्सको बिदाइ खेलमा इंग्ल्यान्ड पराजित भएको हो । एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास लिएका स्टोक्सको यस खेल इंग्ल्यान्डका लागि अन्तिम एकदिवसीय खेल हो ।
दक्षिण अफ्रिकाले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४६ ओभर ५ बलमा अलआउट हुदै २ सय ७१ रनमा समेटियो ।
इंग्ल्यान्डका लागि जोए रुट र जोनी बेयस्ट्रोले अर्धशतकीय इनिङ खेले । रुटले ८६ तथा बेयस्ट्रोले ६३ रन बनाए । जोसन रोय र साम करनले ४३ र १८ रन बनाए ।
दक्षिण अफ्रिकाका एनरिक नोर्कियाले ४ विकेट लिए । ताब्रेज साम्सी र एडम माकरमले २/२ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनाएको थियो ।
उसका रस्सी भान डार डुसनले १ सय ३४ रनको शतकिय इनिङ खेले । एडिन मार्क्रम र जानेमन मालनले अर्धशतकीय इनिङ खेले । मार्क्रमले ७७ तथा मालनले ५७ रन बनाए । डेबिड मिलर २४ रनमा अविजित रहे ।
इंग्ल्यान्डका लियाम लिभिङस्टोनले २ विकेट लिए ।
यस जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ । दोस्रो खेल आगामी शुक्रबार हुनेछ ।