काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगरको आईसीसी महिला टी-ट्वान्टी वरीयतामा सुधार भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिनाको ब्याटिङ र बलिङ वरीयता सुधार भएको छ ।
ब्याटिङ वरीयतामा रुबिना ८५ औं स्थानमा उक्लिएकी छिन् । यस्तै बलिङतर्फ ८० औं स्थानमा उक्लिएकी छिन् ।
पूर्व उपकप्तान सीताको ब्याटिङ वरीयता ६४ औं स्थानमा यथावत रहेको छ । बलिङ वरीयतामा भने सीता ७९ औं स्थानमा उक्लिएकी छिन् ।
बलिङतर्फ नै कविता कुँवर ७३ औं स्थानमा यथावत रहेकी छिन् ।
ब्याटिङमा नेपालकी ज्योति पाण्डे १०० औं स्थानमा रहेकी छिन् ।
आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ।