काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार स्वदेश फर्किएका छन् ।
नेपाली टोली मंगलबार अपरान्ह नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधिकारीले स्वागत गरे ।
स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो ।
सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।
नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो ।
घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो ।
लिग टू आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट हो ।
यस प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ ।
नेपाल २० खेलबाट १७ अंक सहित छैटौं स्थानमा रहेको छ ।
ओमान ३६ खेलमा ४४ अंक सहित शीर्ष स्थानमा रहेको छ ।