काठमाडौं । इंग्ल्यान्डका जादुयी अलराउन्ड बेन स्टोक्सले आज आफ्नो खेल जीवनको अन्तिम वान डे खेल्दैछन्, दक्षिण अफ्रिकाविरुद्ध । खेल उनको आफ्नो घरेलु मैदान डरहममा हुनेछ ।
उनले अहिलेसम्म वान डे क्रिकेटमा २ हजार ९ सय १९ रन बनाएका छन् । यस्तै ७४ विकेट पनि लिएका छन् । सामाजिक संजालमा सन्यासको निर्णय निकै कठिन रहेको बताएका छन् ।

मूल प्रश्न हो, आफ्नो खेल जीवनको उत्कृष्ट अवस्थामै रहेका बेला किन उनले वान डे क्रिकेटबाट सन्यास लिए त ?
सुरुमा उनको सन्यासबारे समाचार सुन्दा लाग्न सक्छ, ओहो, किन यस्तो भनेर । तर एकछिन सोच्दा फेरि लाग्न सक्छ, यो त निकै स्वभाविक पनि छ । अब यस्ता धेरै खेलाडी निस्कने छन्, जसले वान डे क्रिकेट खेल्न छाड्ने छन् ।
किन त ? यसको उत्तर हो, वान डे क्रिकेटको महत्त्व कम हुन थाल्नु । पारम्परिक क्रिकेट खेल्ने हो भने टेस्ट छँदैछ, छोटो समयको क्रिकेट खेल्ने हो भने ट्वान्टी ट्वान्टी छँदैछ ।
स्टोक्सले पनि यी दुवै ढाँचाका क्रिकेट खेल्नेछन् । तर वान डेबाट भने सन्यास लिनेछन् । अचेल वान डे क्रिकेटमा धेरैको रूचि कम भएको छ ।
सायद त्यो दिन टाढा छैन्, जति बेला वान डे क्रिकेट हराएर जानेछ ।

–बीबीसीको सहयोगमा ।