काठमाडौं । वेस्ट इन्डिजका ब्याट्सम्यान लेन्डल सिमोन्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
३७ वर्षीय ब्याट्सम्यानले सामाजिक संजाल इन्स्टाग्रामबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
सिमोन्सले फ्रेन्चाईच क्रिकेटमा केन्द्रित रहन १६ वर्षे अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका हुन् ।
सिमोन्सले वेस्ट इन्डिजका लागि ८ टेस्ट, ६८ एकदिवसीय अन्तराष्ट्रिय र ६८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलका छन् ।
उनले सबैखाले फर्म्याटमा गरि कुल ३ हजार ७ सय ६३ रन बनाएका छन् ।
सोमबार मात्रै वेस्ट इन्डिज टेस्ट क्रिकेट टिमका पूर्व कप्तान दिनेश रामदिनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।