काठमाडौं । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ ।
बेलफास्टमा सोमबार राति न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।
जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १-० को अग्रता बनाएको छ ।
न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।
आयरल्याण्डका कुर्टिस काम्फरले २९ रन जोड्दा मार्क एडीयरले २५ रन जोडे । जर्ज डोक्रेल १५, पाउल स्ट्रर्लिङ १३, एन्डी बलब्रिने १२ र लोर्कन टुकर ११ रनमा आउट भए ।
न्युजिल्याण्डका लक्की फर्गुसनले ४ तथा जेम्स निशम र मिचेल स्टानरले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन जोडेको थियो ।
न्युजिल्याण्डका ग्लेन फिलिप्सले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ खेले ।
जेम्स निशमले २९ रन जोड्दा मार्टिन गुप्टिलले २४ रन बनाए ।
आयरल्याण्डका जोस लिटलले ४ तथा मार्क एडीयरले २ विकेट लिए ।