काठमाडौं । नेपालका बलर किशोर महतोले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध सुरुआती-११ मा पर्दै किशोरले डेब्यु गरेका हुन् ।
तीव्र गतिका बलर किशोर एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गर्ने नेपालका ३४ औं खेलाडी बनेका छन् ।
यस्तै नेपालले स्कटल्याण्डविरुद्ध तीन खेलाडी परिवर्तन गरेको छ ।
महतो स्पिनर बसिर अहमदको स्थानमा टिममा परेका हुन् ।
उनीसँगै टिममा करण केसी तथा विनोद भण्डारीले स्थान बनाएका छन् ।
आदील आलम र पवन सरार्फ बेन्चमा रहेका छन् ।
