काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर अजामले अन्तराष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।
श्रीलंकामा जारी घरेलु टोलीविरुद्धको पहिलो टेस्टको पहिलो इनिङबाट आजमले १० हजार रन पूरा गरेका हुन् ।
आजमले तीन वटै फर्म्याटको २ सय २८ इनिङमा १० हजार रन पूरा गरेका हुन् ।
उनले टी-ट्वान्टीमा २ हजार ६ सय ८६, एकदिवसीयमा ४ हजार चार सय ४२ तथा टेस्टमा २ हजार आठ सय ७२ रन बनाएका छन् ।