काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज आइतबार घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल ताइतवड क्रिकेट मैदानमा हुनेछ । खेल दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
दुवै टोलीका लागि यस खेल सिरिजको अन्तिम खेल हो । पहिलो र तेस्रो खेलमा आयोजक स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो ।
दोस्रो खेलमा भने स्कटल्याण्डलाई नेपालले पराजित गरेको थियो । यस्तै नेपाल पहिलो र तेस्रो खेलमा नामिबियासँग पराजित भएको थियो ।
स्कटल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
स्कटल्याण्डविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडीलाई नै निरन्तरता दिने सम्भावना रहेको छ । तीन नम्बरमा देव खनालले निरन्तरता पाउने सम्भावना छ । खनालले आफ्नो स्ट्राईक रेटमा ध्यान दिन जरुरी रहेको छ ।
चौंथो र पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले स्थान बनाउने छन् । ऐरी तथा उपकप्तान पौडेलबाट नेपालको मध्यक्रमको ब्याटिङ मजबुत हुने अपेक्षा रहेको छ ।
आरिफ शेख छैटौं स्थानमा रहँदा सातौं नम्बरमा विस्फोटक ब्याटर आदिल आलमको सम्भावना रहेको छ ।
आठौं र नवौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । करणलाई नामिबियाविरुद्धको खेलमा आराम दिईको थियो ।
आजको खेलमा पवन सरार्फको स्थानमा करण केसी टिममा फर्कने छन् ।
दशौं र एघारौं नम्बरमा बसिर अहमद र सन्दीप लामिछाने रहने छन् ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,देव खनाल,दिपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान)