काठमाडौं । भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिद्वन्द्वीबारे कसलाई मात्र थाहा छैन् र ? यही प्रतिद्वन्द्वीबीच एउटा मीठो संयोग देखिएको छ, विराट कोहलीलाई लिएर । कोहली अहिले आफ्नो खेल जीवनकै सबैभन्दा खराब समयबाट गुज्रिरहेका छन् । उनको प्रदर्शन निकै खराब रहेको छ र उनी एक शतकका लागि लामो समयदेखि संघर्षरत छन् ।
यस्तोमा उनका सबैभन्दा बढी आलोचक भारतबाटै देखिएका छन् । भलै उनको समर्थनमा उनका समकालीन खेलाडी अगाडि आए, तर कपिल देव र भेंकटेश प्रसान जस्ता पुराना खेलाडीले उनको विरोध पनि गरेका छन् । यी दुई पूर्व खेलाडीको सामान्य तर्क हो, खराव प्रदर्शनका बावजुत कोहली सधैं किन भारतीय टिममा ?

यही स्थितिमा पाकिस्तानका केही वर्तमान र पुराना खेलाडीले भने खुलेरै कोहलीको समर्थन गरेका छन् । कोहलीको सबैभन्दा पहिलो समर्थन गरेर बोल्नेमा कप्तान बाबर आजम नै थिए । त्यसपछि साहिद अफ्रिदीले पनि कोहलीको समर्थनमा ट्विट गरे । अफ्रिदीले त कोहलीको समर्थन गरेकोमा आजमको प्रशंसा पनि गरेका छन् ।
त्यति मात्र होइन्, अब कोहलीको समर्थनमा शोएब अख्तर पनि अगाडि आएका छन् । लगभग प्रत्येक विषयमा आफ्नो मत राख्न माहिर अख्तर भन्छन्, ‘कोहली विश्व क्रिकेटकै महान खेलाडी हुन् । पछिल्लो १० वर्षमा उनको प्रदर्शन गज्जब रह्यो, खालि पछिल्ला साढे एक वर्षमा केही खराव देखिएको हो । उनको विरोध गर्ने र उनको धेरे आलोचना गर्ने समय आइसकेको छैन् ।’
–बीबीसीको सहयोगमा ।