काठमाडौं । बंगलादेशका ब्याट्सम्यान तमिम इकवालले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
इकवालले आइतबार सामाजिक संजाल फेसबुकबाट सन्यासको घोषणा गरेका हुन् ।
वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप गरेपछि इकवालले टी-ट्वान्टी अन्तराष्ट्रियबाट सन्यास घोषणा गरेका हुन् ।
वेस्ट इन्डिजविरुद्धको सिरिजमा इकवाल प्लेयर अफ द सिरिज समेत चुनिएका थिए ।
इकवाल एकदिवसीय क्रिकेटको भने कप्तान रहेका छन् ।
इकवालले अब एकदिवसीय र टेस्टमा केन्द्रित हुने बताएका छन् ।
३३ वर्षीय इकवालले पछिल्लो पटक २०२० मा जिम्बावेविरुद्ध टी-ट्वान्टी खेलेका थिए ।
इकवालले बंगलादेशका लागि ७८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।