काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेशले क्लिन स्विप गरेको छ।
गुयनामा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै बंगलादेशले सिरिज ३-० ले जितेको हो।
घरेलु टोलीले दिएको १ सय ७९ लक्ष्य बंगलादेशले ६ विकेट गुमाएर ९ बल अगाबै पूरा गर्यो ।
भ्रमणकारी टोलीका लिन्टन दासले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले ।
तमिम इकवालले ३४ तथा नुरुल हुसेन ३२ रनमा अविजित रहे । महमुदउल्लाहले २६ र अविजित रहेका मेहेदी हसनले १६ रन बनाए ।
वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ तथा अल्जारी जोसेफ र निकोलस पुरनले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो ।
उसका लागि कप्तान निकोलस पुरनले ७३ रनको अर्धशतकीय इनिङ खेले । किएकी कार्टीले ३३ तथा रोमारियो शेफर्डले १९ रन बनाए ।
बंगलादेशका तैजुल इस्लामले ५ तथा नासुल अहमद र मुस्ताफिजुर रहमानले समान २/२ विकेट लिए ।